Dhulikhel Eco Banner new

शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.08K
shares

काठमाडौं, १३ पुस । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४७.५५ अंकले बढेर २६३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ५३ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ९ प्रतिशत आइसीएफसी फाइनान्स डिबेन्चर २०८८का लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् भने ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६का लगानीकर्ताले १.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी १० प्रतिशत एनआइएमबी ऋणपत्र २०९०का लगानीकर्ताले १.९६ प्रतिशतका दरले गुमाएका छन् भने ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७का लगानीकर्ताले १.९१ प्रतिशतका दरले गुमाएका छन् ।