Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.8K
shares

काठमाडौं, २० पुस । स्थानीय बजारमा आइतवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला २ लाख ६२ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आइतवार २ हजार १ सयले घटेर तोलामा २ लाख ६० हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । शुकवार प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार तोलामा ४ हजार ५०० रुपैयाँमा कायम भएको छ ।