दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८२ पुस २० आइतवार १५:२१
shares

काठमाडौं, २० पुस । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२९ अंकले घटेर २६१० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा विन नेपाल लघुवित्त श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुइ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी ङादी हाइड्रपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले गुमाएका छन् ।
















