Dhulikhel Eco Banner new

निर्देशन उल्लंघनमा एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको जरिवाना

3.84K
shares

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको छ।

केन्द्रीय बैंकका अनुसार एनआईसी एशिया बैंकले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको थियो। साथै, बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नगरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

राष्ट्र बैंकले उक्त प्रकरणमा बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई पनि जरिवाना गरेको छ। नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ ९दोस्रो संशोधन २०७३ सहित० को दफा १०० उपदफा २९ग० बमोजिम उनीहरूलाई जनही दुई–दुई लाख रुपैयाँ नगद जरिवाना गरेको हो।

केन्द्रीय बैंकले बैंक तथा त्यसका पदाधिकारीलाई नियामकीय निर्देशनको पालना गर्न सचेत गराउँदै भविष्यमा यस्ता कमजोरी दोहोरिए कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।