इस्कोन नेपालले जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्दै
वि.सं.२०७९ असार १५ बुधवार ११:१२
shares

काठमाडौं, १५ असार । असार १७ गते नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ ।
नेपाली संस्कृतिको जर्गेनाको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्धारा प्रेरित उक्त रथयात्रा महोत्सव सुन्धारा स्थित प्राचिन जगन्नाथ मन्दिरको ठिक अगाडि नेपाली सेना, सैनिक मुख्यालय अगाडिबाट प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।
मानव समाजमा समानता शान्ति र समृद्धि ल्याउन मानव समाजमा आध्यान्मिक चेतनाको अत्यन्तै महत्त्व भएको सर्वविदितै छ ।
हिन्दु सनातन धर्मको महान ग्रन्थ श्रीमद भागवत गीता तथा श्रीमद भागवतममा वर्णीत कृष्ण चेतना भगवद्चेतना प्राप्त भएपछि मात्रै हरेक जिवको कल्याण हुन्छ भन्ने कुरा बिभिन्न वैदिक शास्त्रबाट बुझ्न सकिन्छ ।
हिन्दु सनातन धर्मावलबिहरुको पवित्र महोत्सब जगन्नाथ रथ यात्रा परापुर्व कालदेखिनै निरन्तर रुपमा हुँदै आएको थियो र यसको प्रमाणको रुपमा हाम्रो देशको धेरै ठाउँमा श्री जगनाथ वलदेव शुभद्रा महारानीको विग्रहबाट पनि बुझ्न सकिन्छ ।
यस बर्षको महोत्सबमा अन्तराष्ट्रिय आध्यात्मिक मार्गदर्शक रसियन गुरु श्रदेय पत्री दासको उपस्थित रहने भएका हुन् । साथै नेपालबाट विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ ।
यस रथयात्रा महोत्सवको विशेष आध्यात्मिक महत्व रहेकोले देश विदेशबाट हजारौँ श्रदालु भक्तजनहरुको उपस्थिति रहनेछ ।
















