Dhulikhel Eco Banner new

सात महिनामा ८ अर्ब ६१ करोडको अलैँची निर्यात

4.06K
shares

काठमाडौं, १० फागुन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट ८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको ४१५३.१५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ८ अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपैयाँ बराबरको ३०२८.४९ मेट्रिक टन अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार चालु वर्ष अलैँचीको निर्यात मूल्य र परिमाण दुवैमा वृद्धि देखिएको छ । निर्यात मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढेको छ भने निर्यात परिमाण पनि ११२४.६६ मेट्रिक टनले वृद्धि भएको छ ।