Dhulikhel Eco Banner new

२३ लाख बढी कित्ता हकप्रद शेयर जारी गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

2.22K
shares

काठमाडौं, ५ चैत । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम साधारण शेयरधनीहरूका लागि १०० कित्ता बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । जुन हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हो।

हकप्रद शेयरका लागि कम्पनीले फागुन १७ गते बूक क्लोज गरिसकेको छ। यस अनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख १६ गते बैंकिङ समयसम्म तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि इक्रा नेपाल बाट “इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी” प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।