Dhulikhel Eco Banner new

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

962
shares

काठमाडौं, ३ वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य १ सयले बढेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख २ हजार ७ सयमा कारोबार भएको सुन बिहीवार बढेर प्रतितोला ३ लाख २ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कारोबार भएको चाँदी बुधवार ५ हजार २ सय ५० रुपैयाँमा कायम भएको हो ।