शेयर बजारमा २३ अर्ब ५९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ चैत ८ आइतवार १५:२५
2.65K
shares
shares

काठमाडौं, ८ चैत । शेयर बजारमा २३ अर्ब ५९ करोडको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८५ करोड ९६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेसनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको ७२ करोड लाख रुपैयाँ कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको ७१ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ ।















