Dhulikhel Eco Banner new

आठ महिनामा १० हजार बढी कार आयात, पेट्रोल गाडीको माग बढ्यो

2.48K
shares

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालमा १० हजार २६२ युनिट कार, जीप तथा भ्यान आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.८१ प्रतिशतले बढी हो।

कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारी आयात हुँदा १७ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। समग्र आयात बढे पनि विद्युतीय सवारी ईभी आयात ९.७४ प्रतिशतले घटेर ६ हजार ३९८ युनिटमा सीमित भएको छ ।

यता पेट्रोल गाडी आयात भने ५३.४५ प्रतिशतले बढेर ३ हजार ८६४ युनिट पुगेको छ।