Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जरको लाइसेन्स खारेज

4.02K
shares

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि.र सुपर फाइन मनि चेन्जर प्रा.लि. को लाइसेन्स रद्द गरेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार ती कम्पनीहरूले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगरेपछि कारबाहीस्वरूप लाइसेन्स खारेज गरिएको हो। मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

तर, सम्बन्धित कम्पनीहरूले उक्त व्यवस्था उल्लंघन गरी समयमै नवीकरण नगरेकाले केन्द्रीय बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ।

राष्ट्र बैंकले वित्तीय अनुशासन कायम राख्न तथा नियमन प्रभावकारी बनाउन यस्ता कदम चालिएको स्पष्ट पारेको छ।