Dhulikhel Eco Banner new

बुद्धज्योती लघुवित्तको असार ३१ गते साधारणसभा

4.62K
shares

काठमाडौं, १८ असार । बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा असार ३१ गते बस्ने भएको छ । कम्पनीको असार १५ गते बुधवार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालय, लुम्बीनी साँस्कृतिक नगरपालिका –९ पर्सा रुपन्देहीमा विहान ११ बजे हुने छ ।
सभामा नियमावलीको यस लघुवित्तले प्राप्ति गर्ने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट चल अचल सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गरि प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान गर्ने बारेमा छलफल हुनेछ ।

त्यस्तै, बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारी पत्र, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा प्राप्ति सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही र खर्च तथा अन्तिम सम्झौतापत्र लगायतका काम कारबाहीहरु अनुमोदन गर्ने तथा अन्य छलफल हुने बताइएको छ ।