Dhulikhel Eco Banner new

सरकारले दुई परियोजनाका लागि २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने

4.49K
shares

काठमाडौं, २२ चैत । सरकारले करिब २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई विभिन्न परियोजनाका लागि उक्त ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावअनुसार सरकारले “डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट” कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर ऋण लिनेछ।

यस्तै, “दीगो र समावेशी वित्त परियोजना” का लागि थप ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सुविधा पनि स्वीकार गर्ने निर्णय गरिएको छ।

हालको विनिमय दरअनुसार यी सबै ऋणको कुल रकम करिब २८ अर्ब रुपैयाँ बराबर हुने बताइएको छ।