Dhulikhel Eco Banner new

अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले

1.47K
shares

काठमाडौं, ३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताए ।

अर्थमन्त्री डा वाग्लेले पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गरे ।

अर्थमन्त्री डा वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै जिम्मेवार हुने पर्ने भन्दै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

प्रतिनिधिमण्डलले सरकारले सबै सञ्चारमाध्यमको विकासका लागि सन्तुलित नीति अगाडि सार्नुपर्ने माग गरेको थियो ।