Dhulikhel Eco Banner new

सिवाईसी नेपाल लघुवित्तको सीईओमा राधेश्याम श्रेष्ठ नियुक्त

2.8K
shares

काठमाडौं, २२ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ १५ गतेदेखि लागू हुनेगरी जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।

यसअघि संस्थाका सीईओ डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते राजीनामा दिएका थिए। उक्त राजीनामा चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।