Dhulikhel Eco Banner new

विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, घिमिरेलाई कामु सीईओको जिम्मेवारी

2.02K
shares

काठमाडौं, १ जेठ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले राजीनामा दिएका छन्।

लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। समितिले उक्त राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, संस्थाले अर्को व्यवस्था नभएसम्मका लागि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिएको छ।