Dhulikhel Eco Banner new

प्रतितोला ४ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

572
shares

काठमाडौं, १ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ४ हजारले घटेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख २ हजार ५ सयमा कारोबार भएको सुन शुक्रवार घटेर प्रतितोला २ लाख ९८ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि ३५५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवारमा ५ हजार ३ सय ९० मा कायम भएको हो ।