Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

819
shares

काठमाडौं, ७ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.३६ अंकले घटेर २७४२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा ८.५प्रतिशत प्रभु बैंक डिभेन्चर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.१८ प्रतिशतका दरले कमाएका छन् भने १०प्रतिशत लक्ष्मी बैंक डिभेन्चरका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १०.२५प्रतिशत माछापुच्छ्रे बैंक लिमिटेडका लगानीकर्ताले ४.३१ प्रतिशतका दरले कमाएका छन् भने १०.५०प्रतिशत एभरेस्ट बैंक डिबेन्चरका लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका छन् ।