Dhulikhel Eco Banner new

शेयर बजारमा १८८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.69K
shares

काठमाडौं, ७ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.३६ अंकले घटेर २७४२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि झापा इनर्जी लिमिटेडका लगानीकर्ताले ८.११ प्रतिशतका दरले गुमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि नबिल डिबेन्चरका लगानीकर्ताले ४.२४ प्रतिशतका दरले गुमाएका छन् भने सिटी होटल लिमिटेडका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाएका छन् ।