चिरख्वा हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
वि.सं.२०८३ जेठ ११ सोमवार ११:४६
shares

काठमाडौं, ११ जेठ । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ । यसबाट कुल ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ। उक्त हकप्रद सेयर हाल कायम सेयरधनीहरूलाई १ः१ अनुपातमा जारी गरिनेछ ।
यस सम्बन्धमा चिरख्वा हाइड्रोपावर लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच जेठ ६ गते निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।















