सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
वि.सं.२०८३ जेठ ११ सोमवार ११:४१
2.74K
shares
shares

काठमाडौं, ११ जेठ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
केसी आजदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । उनको कार्यकाल चार वर्षको रहनेछ ।
यसअघि केसी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत थिए ।















