बुद्धभूमि नेपाल हाइड्रोपावरमा सञ्चालक भट्टराईको राजीनामा स्वीकृत
वि.सं.२०८३ जेठ ११ सोमवार ११:४६
shares

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक इल्या दीक्षित भट्टराईको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीका अनुसार भट्टराईले व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै सञ्चालक पदबाट दिएको राजीनामा २०८३ वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
बैठकले राजीनामा स्वीकृत गर्दै सम्बन्धित सञ्चालकको पद रिक्त भएको जानकारी समेत गराएको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई औपचारिक रूपमा जानकारी गराएको छ ।















