झापा इनर्जी लिमिटेडमा सञ्चालक पोखरेलको निधनपछि शोक प्रस्ताव
वि.सं.२०८३ जेठ ११ सोमवार ११:५५
650
shares
shares

काठमाडौं । झापा इनर्जी लिमिटेडले संस्थापक शेयरधनी तथा संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक प्रतिनिधि नारायणप्रसाद पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कम्पनीको २०८३ जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
बैठकले दिवंगत पोखरेलको स्थानमा हालसम्म कुनै नयाँ सञ्चालक नियुक्त नगरिएको जानकारी पनि गराएको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई औपचारिक रूपमा जानकारी गराएको छ ।















