Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

2.72K
shares

काठमाडौं, १० जेठ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार २७.८५ अंकले बढेर २७८६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ९८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.३२ प्रतिशतका दरले गुमाएका छन् ।