प्रतितोला १ हजार ३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०७
1.12K
shares
shares

काठमाडौं, १२ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य १ हजार ३ सयले घटेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९२ हजार ८ सयमा कारोबार भएको सुन मंगलवार घटेरर प्रतितोला २ लाख ९१ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कायम भएको चाँदी मंगलवार ५ हजार ६० रुपैयाँमा कायम भएको हो ।
















