Dhulikhel Eco Banner new

स्नो रिभर्सको आईपीओ बाँडफाँड

5.71K
shares

काठमाडौं, १२ जेठ । स्नो रिभर्स लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकमध्ये ७७ हजार ८१२ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जना आवेदकले भने थप १ कित्ता सहित ११ कित्ता शेयर हात पारेका हुन् ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबरको १८ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरिएको हो।

जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयका लागि तथा ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

यस्तै, बाँकी शेयरमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। त्यसपछि बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।