चार समस्याग्रस्त सहकारीका ऋणीको नाम सार्वजनिक
वि.सं.२०८३ जेठ १२ मंगलवार ११:३६
shares

काठमाडौं, १२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार वटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले सोमबार सूचना जारी गर्दै विसं २०८० चैत १९ गते सरकारद्वारा समस्याग्रस्त घोषित घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको नामावली सार्वजनिक गरेको हो।
समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। यसअघि ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका ऋणीलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीलाई बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण नतिरे कानुनबमोजिम कडा कारबाही गर्दै असुलउपर प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
















