Dhulikhel Eco Banner new

इरानको कडा अडान: सर्त नमाने अमेरिकासँग सम्झौता हुँदैन

728
shares

तेहरान — आफ्नो अधिकार र सार्वभौमिकताको ग्यारेन्टी नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानले फेरि दोहोर्‍याएको छ। अमेरिकाले पठाएको शान्ति प्रस्ताव इरानले फिर्ता गरेपछि वार्ता टोलीले तेहरान अमेरिकी सर्तमा झुक्न तयार नभएको स्पष्ट पारेको हो।

संसद् सभामुख मोहम्मद बाघर गालिबाफका अनुसार इरानी जनताको हित सुनिश्चित नभई कुनै पनि सम्झौता अनुमोदन हुने छैन। अर्कोतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार कार्यक्रम रोक्नुपर्ने र हर्मुज जलसन्धि पुनः खुला गर्नुपर्ने सर्त राखेर नयाँ प्रस्ताव पठाएका छन्। सहमति नभए कठोर विकल्पमा जाने चेतावनी पनि उनले दिइसकेका छन्।

इरानले रोक्का भएको करिब १२ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबनानको विषयलाई पनि सम्झौतामा समेट्नुपर्ने माग अघि सारेको छ। यसैबीच इजरायल–हेजबुल्लाह तनाव र अमेरिकी ड्रोन खसालेको इरानको दाबीले मध्यपूर्वको सुरक्षा परिस्थिति झनै तनावपूर्ण बनेको छ।