Dhulikhel Eco Banner new

शेयर बजारमा २३३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.55K
shares

काठमाडौं, १८ जेठ । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २६.७२ अंकले घटे २७५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६१ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ६.९५ प्रतिशतका दरले गुमाएका छन् भने विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले ५.६४ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।