उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ १८ सोमवार १५:१५
shares

काठमाडौं, १८ जेठ । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २६.७२ अंकले घटे २७५५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६१ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड,कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि १०प्रतिशत सिटिजन्स बैंक डिभेन्चरका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले कमाएका छन् भने सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सिभिल बैंक डिभेन्चरका लगानीकर्ताले ५.६० प्रतिशतका दरले कमाएका छन् ।















