Dhulikhel Eco Banner new

प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ काराबार ?

3.63K
shares

काठमाडौं, १९ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ४ सयले बढेको हो ।

महासंघका अनुसार सोमवार प्रतितोला ३ लाख १० हजार ९ सयमा कारोबार भएको सुन मंगलवार बढेर प्रतितोला ३ लाख ११ हजार ३ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ५ हजार ४ सय ५ रुपैयाँमा कायम भएको हो ।