Dhulikhel Eco Banner new

एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि

4.76K
shares

काठमाडौं, २१ असार । नेपालमा एकैदिन थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट परीक्षण गराएका ३११२ नमूनामा ९० नमूनाको परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४४ र एन्टिजेन विधिबाट ११६८ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ७३ र एन्टीजेनबाट १७ जनामा संक्रमण देखिएको हो ।

मंगलबार थप २० जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टमा १ लाख ११ हजार ५३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छ ।

हाल ४०१ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक हप्तालाई आंकलन गर्दा दैनिक ५५ जनालाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरोना रोकथामका लागि मास्कको समूचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् ।