दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:०९
shares

काठमाडौं, २१ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.४६ अंकले घटेर २७६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ८.५ प्रतिशत एसबिएल डिभेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.४८ प्रतिशतका दरले गुमाएका छन् ।















