Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भास्कर जोशी पक्राउ

1.77K
shares

काठमाडौं, २१ जेठ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भास्कर जोशीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिएर हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउको कारणबारे विस्तृत विवरण खुलाइएको छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता शिव कुमार श्रेष्ठले केटिएम भ्वाइसलाई जानकारी दिँदै पक्राउ गरिएको पुष्टि गरेका छन्।

उनका अनुसार अहिले प्रहरीको टोलीले आवश्यक अनुसन्धान तथा अपरेसन जारी राखेको छ। पक्राउको कारण भने हालसम्म स्पष्ट नभएको उनले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।