Dhulikhel Eco Banner new

महुली लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

871
shares

काठमाडौं, २१ जेठ । महुली लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

संस्थाका एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखिएको थियो तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि सर्वसाधारणले समेत खरिद गर्न सक्ने गरी पुनः बिक्री खुला गरिएको संस्थाले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिँदा खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले महुली लघुवित्तको केन्द्रीय कार्यालय, अग्नीसाइर कृष्णासवरण–६, सप्तरीमा निवेदन पेश गर्न सक्नेछन्। संस्थाले समयमै आवेदन दिई शेयर खरिद प्रक्रियामा सहभागी हुन इच्छुकलाई आग्रह गरेको छ।