Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड

1.13K
shares

काठमाडौं, २१ जेठ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड भएको छ।

कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १०० कित्ता साधारण शेयर बराबर १० कित्ता अर्थात् १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण शेयर बिक्रीका लागि खुला गरिएको थियो।

हकप्रद शेयरमा आवेदन दिएका योग्य शेयरधनीहरूलाई कुल २२ लाख ३९ हजार ५२० कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एलएस क्यापिटल ले निर्वाह गरेको थियो।

हकप्रद शेयर बाँडफाँड सम्पन्न भएसँगै अब कम्पनीले बाँडफाँड नपरेका तथा अवितरित शेयरसम्बन्धी थप प्रक्रिया नियमानुसार अघि बढाउने अपेक्षा गरिएको छ।