Dhulikhel Eco Banner new

काठमाडौं महानगरद्वारा ६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न निर्देशन

793
shares

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले भाडामा लिएका कार्यालय १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए न्यायिक समितिको निर्णयअनुसार कार्यालय खाली गराइने जनाएको हो।

महानगरका अनुसार सत्कार सहकारी, अमृताम्भ बचत तथा ऋण सहकारी, हिराखुसी बहुउद्देश्यीय सहकारी, मार्गदर्शन बचत तथा ऋण सहकारी, नवल सवल बचत तथा ऋण सहकारी तथा पञ्चरूपा बचत तथा ऋण सहकारीलाई कार्यालय खाली गर्न भनिएको छ।

तोकिएको समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआए कार्यालयमा रहेका सम्पूर्ण सरसामान घरधनीको जिम्मा लगाइने र त्यसपछि सहकारीहरूले कुनै दाबी गर्न नपाउने महानगरले जनाएको छ।