शेयर बजारमा १९८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:२९
shares

काठमाडौं, २१ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.४६ अंकले घटेर २७६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा ८.५ प्रतिशत एसबिएल डिभेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.४८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि विजय लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले ४.६९ प्रतिशतका दरले गुमाएका छन् भने भगवती जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ४.२७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि आखु खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.०७ प्रतिशतका दरले गुमाएका छन् भने होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।
















