Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.2K
shares

काठमाडौं, २१ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.४६ अंकले घटेर २७६६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् भने १०प्रतिशत नेपाल एसबीआई बैंक डिभेन्चरका लगानीकर्ताले ७.२१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनआईसी एशिया रिनपात्रका लगानीकर्ताले ५.८० प्रतिशतका दरले कमाएका छन् भने नबिल डिबेन्चरका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले कमाएका छन् ।