सुनसरी दुर्घटनामा प्रहरी जवानको मृत्यु, चालक फरार
वि.सं.२०८३ जेठ २३ शनिवार १२:०६
1.11K
shares
shares

काठमाडौं, २३ जेठ। सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवान रन्दीप पौडेलको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका–२ उदयपुरका ३२ वर्षीय पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल र सिटी सफारी ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए।
दुर्घटनापछि सिटी सफारी चालक रजाक मियाँ फरार रहेका छन्। उनको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















