Dhulikhel Eco Banner new

२४ घण्टामा २ हजार ५११ सवारी चालक कारबाहीमा, राज्यकोषमा २० लाख ८४ हजार राजस्व

1.95K
shares

काठमाडौं, २३ जेठ।  काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५११ चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट रु २० लाख ८४ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, लेन मिच्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने तथा एकतर्फी सडकमा सवारी चलाउने चालकहरू कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।