मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ गतेभित्र पठाउन आग्रह
वि.सं.२०८३ जेठ २३ शनिवार ११:१५
2.25K
shares
shares

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
इमेल ठेगाना [email protected] बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको छ ।
पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ ।
















