Dhulikhel Eco Banner new

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

1.87K
shares

काठमाडौं, २३ जेठ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुलाई नेपाल राष्ट्र बैंकले र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत व्यवस्थाको अनुपालनाका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूको सहभागितामा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जसमा पछिल्लो समय संसोधन भएका सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था र थप सजग कसरी हुन सकिन्छ भन्ने बिषयमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजक सहित सिईओहरुले यस बिषयमा छलफल गरेका हुन् ।