Dhulikhel Eco Banner new

अब वर्षैपिच्छे ब्रोकर लाइसेन्स, चुक्ता पुँजी १ अर्ब ५० करोडसम्म

पुँजीका आधारमा ब्रोकरको कामकारबाही तोकिने

4.64K
shares

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष शेयर ब्रोकर सञ्चालन अनुमति दिने भएको छ । हरेक वर्ष आवेदन माग गर्ने र नियमावलीमा तोकिएको व्यवस्था अनुसार सञ्चालन अनुमति दिने बोर्डको तयारी छ ।

धितोपत्र बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै हरेक वर्ष ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको हो । तर ब्रोकर लाइसेन्सका लागि बोर्डले कडा प्रावधान भने राखेको छ ।

ब्रोकर कम्पनीको पुँजीका आधारमा कारोबारको क्षेत्र तोकिने नियमावलीमा व्यवस्था गरिएको छ । नियमावलीमा गरिएको व्यवस्था अनुसार ब्रोकर कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँसम्म हुनुपर्ने छ ।

अब ब्रोकर कम्पनीहरुको तीन तहमा विभाजन हुनेछ । जसअनुसार संस्थागत ठूला लगानीकर्ताहरुको कारोबार गर्न पाउने ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ । अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुले निक्षेप सदस्यको सेवा समेत दिदै आएका छन् । यी कम्पनीहरुको चुक्ता पुँजी अहिले २ करोड तोकिएको छ ।

तर अब भने बढाएर ६० करोड रुपैयाँ पुर्याउने पर्ने नियमावलीमा उल्लेख छ । उता सधारण सेयरको खरिदबिक्री गर्नका लागि मात्रै पनि ब्रोकर कम्पनीले २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।