Dhulikhel Eco Banner new

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

1.26K
shares

काठमाडौं, २७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ’ ।

सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए ।