Dhulikhel Eco Banner new

दुई अर्व होइन,दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्  सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री वाग्ले

1.46K
shares

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक भए ।

ूदुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?