शेयर बजारमा १७८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ २८ बिहीवार १५:२८
shares

काठमाडौं, २८ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २७२८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९० करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.५१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ८.५प्रतिशत प्रभु बैंक डिभेन्चरका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् भने १०.२५प्रतिशत एनबिएल डिभेन्चरका लगानीकर्ताले ५.४७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ७प्रतिशत नेपाल एसबीआई बैंक डिभे्न्चरका लगानीकर्ताले ५.०० प्रतिशतका दरले गुमाएका छन् भने ८.५प्रतिशत आरीबीएल डिभेन्चरका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले गुमाएका छन् ।















