नेको इन्स्योरेन्समा कर्मचारी माघ, हेर्नूस कति चाहिन्छ योग्यता ?
वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:२४
shares

काठमाडौं, २९ जेठ । नेको इन्स्योरेन्स लिमिटेड ले देशभरका आफ्ना विभिन्न शाखा कार्यालयका लागि विभिन्न तहका कर्मचारी माग गरेको छ। कम्पनीले बजार विस्तार तथा व्यवसाय प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको जनाएको हो।
कम्पनीका अनुसार सहायक प्रबन्धक, अधिकृत, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी आवश्यक रहेको छ।
सहायक प्रबन्धक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी बजार व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। उच्च शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
त्यस्तै, अधिकृत, वरिष्ठ अधिकृत तथा कनिष्ठ अधिकृत पदका लागि स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी बजार व्यवस्थापन क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यानुभव आवश्यक पर्ने उल्लेख गरिएको छ। यी पदमा पनि उच्च शैक्षिक योग्यता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण तोकिएको छ। सम्बन्धित क्षेत्रमा अनुभव भएका तथा उच्च शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्र तथा निवेदनसहित विज्ञापन प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले योग्य, दक्ष तथा ऊर्जाशील उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ।















