Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको शेयर बिक्रीमा

1.6K
shares

काठमाडौं, २९ जेठ । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । ६ लाख ३२ हजार कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको हो।

बैंकको संस्थापक समूहको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्री राखिएको हो। उक्त शेयरमा इच्छुक व्यक्तिले वा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा १ हजार कित्ता शेयरका लागि खरिद आवेदन दिन सकिनेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रकित्तिा १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र यही असार १२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलका साथै नेपाल फाइनान्सका शाखाहरु कमलादी, बनेपा, माछापुच्छ्रे, लेगनखेल र तिलोत्तमा पेस गर्न सकिनेछ। यसका साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखामा पनि बोलपत्र पेस गर्न सक्नेछन्।