Dhulikhel Eco Banner new

रत्न तथा आभूषण संघमा बेगानी निर्वार्चित

975
shares

काठमाडौं, ३१ जेठ । नेपाल रत्न तथा आभूषण संघमा शक्ति कुमार बेगानीको नेतृत्वमा नयां कार्यसमिति निर्वार्चित भएको छ ।

संघको २० औं साधारणसभा एंव ८ औ अधिवेशनबाट बेगानीको नेतृत्वमा निर्बिरोध नयां कार्यसमिति निर्विचित भएको हो । संघको गरिमालाई अझै उचो बनाउने गरी काम गर्नेछु’ अध्यक्षमा निर्वाचित बेगानीले भने ।

उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्षमा निभारत्न शाक्य, दितीय उपाध्यक्षमा सचिन गुप्ता, महासचिव प्रविण शाक्य, सचिवमा विकास जोधानी, कोषाध्यक्ष रबिन्द्ररत्न स्थापित र सदस्यहरुमा सुरेश शाक्य, लिभा श्रेष्ठ, शिरिन ताम्राकार, अजय कुमार राठी, चन्द्रमान मल्ल, पदमलाल पाण्डेय, मिन बहादुर ओली, लोप्साङ छोडेन शेर्पा लामा निर्वार्चित भएका छन् ।